Saturday, July 14, 2012

-डा. महेन्द्र लावति, दुवईमा अन्तकृया

-डा. महेन्द्र लावति, दुवईको अन्तकृया (२०१२-०७-१३) आधारमा संक्षिप्त

१. विश्वमा ८-१४ प्रदेश भएका मुलुकहरु ८० % सफल देखिएका छन ।

२. विश्वव्यापीकरण, नवयुगीकरणले झन पहिचान खाँचोको महत्व देखाएको छ ।

३. मार्केट फेडरालिज्मले आर्थिक बिकास गर्ने वातावरणको निर्माण हुन्छ । पूँजीको उच्चतम प्रयोग र फाईदाहुन्छ।

४. कर्णालीमा चामल पुर्याउने हो भने त्यहाँका जनताले सरकारलाई दवाव सिर्जना हुन सक्नु पर्छ । ठुलो प्रदेश वा अखण्ड पश्चिमाञ्चल जस्ता प्रदेशले यो संभव छैन ।

५. जहाँ जहाँ पहिचानलाई वेवास्...ता गरिए त्यहाँ त्यहाँ अशान्ति हुनुले पहिचानले अशान्ति ल्याउने नभै पहिचानको लागि मान्छे मर्न पनि तयार हुँदो रहेछ भन्ने बुझ्नु पर्छ ।

६. नेपाल बिगतमा र अहिले सम्म एकल जातिय शासन नै भएको हो ।

७. नेपालमा प्रतिगमन कारिले केहि प्रतिशत बढि मत ल्याउन सक्ला तर यथास्थितिमा रोकेर राख्न सक्दैन भन्ने कुरा बिगतका इतिहासहरुले देखाइ सकेको छ ।

८. बारम्वार लोकतान्त्रिक नियमलाइ तोडेर संविधान सभा भंग गरेको हुनाले भोलि आदिवासी जनजाति इतर पक्षले बहुमत ल्याए आदिवासी जनजाति मान्दैन भन्न सक्ने वातावरणको श्रीजना भएको छ ।

९. न्याय पक्षमा, समानताको पक्षमा गठ-बन्धन, मोर्चाहरु समीकरणहरु बलियो हुन्छ ।

१०. बर्गिय समाधानले मात्रै देशको निकास ल्याउँदैन भन्ने कुरा श्रीलंकामा स्वास्थ्य, शिक्षा को निशुल्क सुनिश्चित गर्दा पनि जातिय पहिचान नहुँदा बिद्रोह भएकोले पुष्टि गर्दछ ।

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।