एमालेले पार्टीको विधान र पद्घति विपरीत गुटगत क्रियाकलाप गरेको तथा आबाञ्छित गतिविधिमा संलग्न भएको भन्दै असन्तुष्ट नेताहरुसँग स्पष्टीकरण मागेको छ ।
उनीहरुलाई सात दिन भित्र पार्टीको कुन विधान, नियमावली तथा निर्णयका आधारमा गुटगत र अबाञ्छित गतिविधि गरेको प्रष्ट पार्न भनिएको छ ।
एमाले अनुशासन आयोगको ...बिहीबारको बैठकले केही समयदेखि फरक विचार र असन्तुष्टिको नाममा भएका गतिविधिहरु पार्टीको निर्णय र विधानसम्मत् नरहेको ठहर गर्दै सात दिन भित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टीको मर्यादा र अनुशासनलाई ख्याल गरी त्यस्ता गलत क्रियाकलाप अबिलम्ब बन्द गर्न आयोगले निर्देशन दिएको छ ।
एकल जातीय पहिचान सहितका राज्यको पक्षमा पार्टी नभएको र संविधान सभा विघटनको दोषी एमाले पनि भएको आरोप लगाउदै उपाध्यक्ष अशोक राई लगायतका झण्डै दर्जन केन्द्रीय नेताहरु असन्तुष्ट छन् । उनीहरुले आफ्नो छुट्टै विचार समूह निर्माण गरी भेला गरिरहेका छन् । उनीरुहरुका यस्ता गतिविधिहरु पार्टीको नियम पद्घति विपरित भएको आयोगको ठहर छ ।
'पार्टीको विधान सबैले पालना गर्नुपर्छ तर उहाँहरुको हिडाई पार्टीको पक्षमा देखिएन त्यसैले उहाँहरुलाई पार्टी पद्घतिमा आउनुहोस् भन्नका लागि हामीले सात दिनको समय दिएका हौँ,' आयोगका अध्यक्ष अमृतकुमार बोहोराले कान्तिपुरसँग भने, 'पार्टीलाई तथ्यहिन आरोप लगाउने, अग्रगामी विचार समूहको भन्ने लगायतका गतिविधि पार्टी विधान र पद्घति विपरीत हुन् त्यसैले उहाहरुलाई पद्घतिमा आउन आग्रह गरेका हौँ ।'See
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।