शनिबार काँग्रेसका भातृसंस्थाका जनजाति नेताहरु र पूर्व जनजाति पूर्व सभासदहरुले संयुक्त प्रेस विज्ञप्तीमार्फत आफ्नै पार्टीबाट अपमानित भएको बताउँदै भनेका छन्– ‘पहिचान र आत्मसम्मानको हामी आन्दोलनकर्मीहरु वाध्य भई हाम्रो पुर्ववत निर्णय अनुसार देशभरि हुन गैरहेको पार्टीको सवै कार्यक्रममा उपिस्थिति नहुने र हाम्रो पार्टीभित्र रहनु भएका पहिचान सहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पर्व सभाषद साथै अन्य सवै साथीहरु गाँउ, नगर, क्षेत्र, जिल्ला, केन्द्रको कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनु हुन साथै नगराइ दिनु हुन सवैमा हार्दिक अपिल गर्दछौं ।’
विज्ञप्तीमा उल्लेख छ– ‘नेपाली कागे्रससम्वद्ध आदिवासी जनजातिहरुले आफ्ना सवालहरुलाई २०६९ जेठ २४ गते ११ वुँदे ज्ञापन पत्र पार्टी सभापति शुशिल कोइरालाज्यूलाई वुझाएको साथै २०६९ जेठ २५ गते हामीले उठाएका सवालहरुको सम्वोधन नगरेसम्म पार्टीको कुनैपनि कार्यक्रममा सहभागि नहुने भातृसंस्था र पुर्वसभाषदहरुको संयुक्त प्रेश विज्ञप्ति प्रकाशित गरेको सन्दर्भमा २०६९ जेठ २६ गते पार्टी सभापति र वरिष्ठ नेताको आश्वासनमा खुल्लामञ्चको कार्यक्रममा सहभागिता जनाएका थियौं । हामीले ज्ञापनपत्र वुझाएपछि भएको पार्टी केन्द्रीय समितिको वैठकमा पार्टीको आन्तरिक झगडा र भागवन्डाले मात्रै स्थान पाएको तर हाम्रो ११ वँुदे ज्ञापन पत्रले प्रवेश नै नपाएकोले हामी सम्पुर्ण आदिवासी जनजातिहरुले हाम्रो आफ्नै पार्टीवाट अपमानित भएको महसुस गरेका छौ ।’

म कुनै राजनैतीक पार्टी सँग आवद्ध छुइन, तर संघियता जातिय पहिचान सहितको हुनु पर्नेमा मेरो अडान यथावत नै छ । कांग्रेस लगायत अन्य दलका जनजाति नेताहरुले दलमा बसेर नै हामीले चाहेको जस्तो संघियता ल्याउला जस्तो लाग्दैन । बरु सबै जनजाति-आदीवासी नेताहरुले मुलप्रभावको दल त्यागी नयाँ शक्ती स्वरुप नयाँ दल विस्तार गर्नु उचित होला । यी बाहुनवादी जनैधारी एमाले, कांग्रेसलाई हामीले गर्ने गरेको बहिष्कार कार्यक्रमले केही होला जस्तो लाग्दैन । अनि यो माओवादिलाई शंकाको घेरा भित्रनै राख्नु उचित हुनेछ । - Hillmen Kirat
ReplyDeleteTime is perfect for ethnic alliance party. Because we have never seen such a bond and goodwill between major ethnic communities. The strength of ethnic commnities is incalculabe. However, I fear with some ethnic leaders like Parashu Ram Tamang and Sita Ram Tamang. Because they hold bad opinions of Newars and their historical boundary. In totality we are more united than divided this hour of time.
ReplyDelete