Thursday, June 21, 2012

एमालेका असन्तुष्ट जनजाति नेताहरुले अहिले तत्काल पार्टी नछाड्ने - Ref: आङ्काजी शेर्पा FB Status


तत्काल पार्टी नछोड्ने निर्णय
अनिज समाचार
असार ७ ।

एकल जातीय पहिचानसहितको नारा उठाउँदै आएका नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरुले अहिले तत्काल पार्टी नछाड्ने बरु अन्तर्षघर्षबाट शक्ति संचयतिर लाग्ने बताईएको छ । त्यसको लागि आफ्ना विचारसंग सहमत हुने बाहिरी र भित्री सदस्यसँग मिलेर अघि बढ्नुर्पर्ने निष्र्कष निकालेका छन् ।
...
काभ्रेको धुलिखेलमा बुधबारदेखि भएको सो बैठकमा नेताहरुले र्पाटीले आफूहरुको माग पूरा नगरेसम्म र्पाटीको कुनै पनि र्कायक्रममा सहभागी नहुने घोषणा पनि गरेका छन्। । सो भेलाबाट उनीहरुले संविधान सभाको पुनःस्थापना गरी अग्रगामी संविधान बनाउनुर्पनेमा जोड दिएका छन् ।

यस्तै उपाध्यक्ष अशोक राईले पार्टीभित्र आफूहरुको छुट्टै विचार धारा भएकाले छुट्टै बैठक बसेको बताउदै संविधान बन्नका लागि संविधान सभा पुर्नस्थापना गर्नुपर्ने र त्यसको लागि यसको पक्षमा उभिने सबैसँग सहर्काय गरेर सडक सङ्र्घष र्गनुर्पने बताए । उपाध्यक्ष राईले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरु जातीय पहिचानसहितको संघीय संरचनामै रहेको र त्यसका लागि र्पाटी भित्र संर्घष गर्नेुपर्ने बताए ।

यस्तै अर्का नेता राजेन्द्र श्रेष्ठले पार्टीको राष्टिय भेलाले गरेको र्निणय यथास्थितिवादी र प्रतिगामी भएकोले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए । भेलामा बोल्दै नेता मोहम्मद रिजवान अन्सारीले पनि संविधान सभाको पुनःस्थापना र्गनुपर्नेमा जोड दिए ।

पार्टीले आफ्ना विचारको कदर नगरे अन्त्यमा र्पाटी छाड्ने जनजाती नेताहरुको तयारी छ ।

भेलामा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना सहभागीता थियो

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।